एक–दुई दिनभित्र सरकारले पूर्णता पाउँछ : सञ्चारमन्त्री शर्मा


१५ चैत्र २०७९, बुधबार
Rekha sharma 1 scaled

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एक–दुई दिनभित्र सरकारले पूर्णता पाउने बताएकी छन् । रिपोटर्स क्लबको २५औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले छलफल सहमतिको अन्तिम चरणमा पुगेको र एक–दुई दिनभित्रै सरकारले पूर्णता पाउने बताए ।

उनले पुरानो गठबन्धन नरहेको र नयाँ गठबन्धन निर्माण भएको हुनाले सरकार निर्माण प्रक्रियामा केही ढिलाइ भएको स्पष्ट पारिन् । संक्रमणकालीन न्यायसम्बन्धी विषय लामो समय भएको हुनाले यसलाई छिटो निष्कर्षमा पुर्‍याउन संसदमा विधेयक गइसकेको बताइन् ।

‘शान्ति प्रक्रियाको बाँकी काम छिटो टुङ्गोमा पुर्‍याउन सरकार लागिरहेको छ’, मन्त्री शर्माले भने, ‘पीडितलाई न्याय दिन संसद्मा विधेयक पेस भएको छ ।’ मन्त्री शर्माले आमसञ्चार कानुन बनाउने तयारी भइरहेको र सरोकारवालासँग छलफल गरेरमात्र निर्णय गर्ने जानकारी दिए । उनले सञ्चार क्षेत्र बलियो र प्रभावकारी बनाउन आवश्यक पर्ने कानुन बनाउने समेत बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७