मिटरब्याज आर्थिक अपराध मात्रै होइन, सामाजिक अपराध पनि हो : प्रदीप पौडेल


१५ चैत्र २०७९, बुधबार
Pradeep Paudel1680081380

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज सामाजिक अपराध भएको बताएका छन् । आज (बुधबार) को प्रतिनिधि सभा बैठकमा सांसद पौडेलले मिटरब्याज आर्थिक अपराधमात्रै नभएर सामाजिक अपराध पनि भएको बताएका हुन् । उनले मिटरब्याजीहरूले कानूनी राज्यको उपहास गरिरहेको भन्दै त्यस्तो क्रियाकलाप स्वीकार्य नहुने बताए ।

‘मिटरब्याज आर्थिक अपराध मात्र होइन । यो विषय सामाजिक अपराध हो । पहिलो त यो सरासर कानून उल्लंघन गरेर आम विपन्न जनताको अभाव र कानूनी ज्ञानको पहुँचबिहीनतालाई दुरुपयोग गरेर न्यूनतम पनि तीन गुणा बढीको तमसुक गराएर किसानलाई उसको भूमिदेखि नै बेदख्खल गर्ने कार्य स्वतः कानूनी राज्यको उपहास हो । यो कुनैपनि न्यायपूर्ण समाजमा स्वीकार्य हुन सक्दैन’, उनले भने । उनले मिटरब्याज अन्य सामाजिक अपराधको समेत कारण बनेको भन्दै यो समस्यालाई समाधान गर्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७