एकीकृत समाजवादीबाट प्रकाश ज्वाला मन्त्री बन्दै


१५ चैत्र २०७९, बुधबार
Prakash Jwala

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पहिलो चरणमा उपमहासचिव प्रकाश ज्वालालाई मन्त्रीमा सिफारिस गर्ने भएको छ । प्रधानमन्त्रीले दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने प्रस्ताव राखेपछि एकीकृत समाजवादीले पहिलो चरणमा ज्वालालाई सिफारिस गर्न लागिएको नेता झलनाथ खनालले जानकारी दिए ।

अहिले मन्त्रालयको टुंगो नलागे पनि ज्वालाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने एकीकृत समाजवादीको अपेक्षा छ । समाजवादीका उपमहासचिव समेत रहेका ज्वालाले बुधबार साँझसम्म मन्त्रीका रुपमा शपथ लिने छन् ।

समाजवादीका सम्मानित नेता झलनाथ खनालले अन्य मन्त्रीबारे निर्णय नभइसकेको बताएका छन् । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिने बताइएको छ । समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उपप्रधानसहित तीन मन्त्रालय मागेको थियो। तर प्रचण्डले समाजवादीलाई दुई फुल मन्त्री र एक राज्यमन्त्री दिने तयारी गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७