बागमती प्रदेशमा न्वागी र लदीका दिन सार्वजनिक विदा


१६ चैत्र २०७९, बिहीबार
bagmati

हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायको महान पर्व न्वागी र माझी समुदायको महान पर्व लदी (कोशी पूजा) मा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले न्वागी र लदी पर्वमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । चेपाङ समुदायले प्रमुख धार्मिक पर्वको रुपमा मनाउने न्वागी पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ भने माझी समुदायको लदी पर्व प्रत्येक वर्ष फागुन महिनाको तेस्रो मंगलबार पर्छ ।

यसैगरी, बैठकले प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठलाई दिने निर्णय गरेको छ । यसअघि प्रवक्तामा नेकपा (एमाले) संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया थिए । एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएपछि श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

मन्त्रिपरिषद् बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा सिन्धुलीका प्रा. डा. नरविक्रम थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी, बैठकले यहि बैसाख १ गतेबाट बागमती प्रदेश सरकार मातहतका सरकारी कार्यालयहरुमा बिद्युतीय हाजिर लागू गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७