दक्षिण एसियाली ट्राईयाथलनमा मनिचन्द्र र समिरालाई स्वर्ण


१५ बैशाख २०७५, शनिबार
1524910296310 6th south asian tratholan
ljhoL v]nf8L ;fd”lxs tl:a/df kf]v/fdf zlgaf/ ;DkGg 6«fO{ofyngcGtu{tsf] ljleGg ljwfsf ljhoL v]nf8L, /fli6«o v]ns’b kl/ifbsf ;b:o ;lrj s]zjs’df/ lji6nufot ;fd”lxs t:jL/ lvrfpFb} . t:jL/M xl/ afF:tf]nf, kf]v/f, /f;;

 

पोखरा,बैशाख १५: भारतीय खेलाडी मनिचन्द्र सिंह र समिरा मारिहाम अब्राहमले छैटौ दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

1524910296310 6th south asian tratholan

ट्रायथलन अन्तर्गतको स्प्रिन्ट विधाको पौडी ७५० मिटर, साइक्लिङ १० कि.मि। र दौड ५ कि.मि।को दूरी मनिचन्द्रले ५८ मिनट २ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेका हुन् । भारतका विश्वरजित साइखाम ५९ मिनेट ५७ सेकेन्डका साथ रजत र नेपालका बसन्त चौधरीले १ घण्टा १ मिनट २ सेकेन्डका साथ कास्य पदक जितेका थिए ।

महिलामा समिराले १ घण्टा ४ मिनट ५० सेकेण्डमा पुरा गरिन् । दोश्रो भएकी भारतकै प्रग्न्या मोहनले १ घण्टा ८ मिनट र ४२ सेकेन्ड र तेश्रो भएकी नेपाली खेलाडी सोनी गुरुङले १ घण्टा १३ मिनट ८ सेकेण्डमा पुरा गरिन् ।

प्रतियोगिताको खुला पुरुष तर्फ पनि छैटौं दक्षिण एसियालीकै शीर्ष तीन मनिचन्द्रले स्वर्ण, विश्वरजितले रजत र बसन्त चौधरीले कास्य जिते । महिला खुलमा स्पेनकी इश्वराले स्वर्ण पदक जितिन् । उनले उक्त दूरी १ घण्टा ३ मिनट ३४ सेकेण्डमा पुरा गरिन् । दोश्रो स्थानमा भारतकी समिरा र तेश्रो स्थानमा प्रग्नया रहे ।

नेपाल पर्वतीय खेलकुद अन्तर्गत भएको प्रतियोगिताको ८ औं राष्ट्रिय ट्रायथलन प्रतियोगिता तर्फ पुरुषमा त्रिभुवन आर्मी क्लबका खेलाडीको दबदबा रह्यो । आर्मीका बसन्त चौधरीले १ घण्टा १ मिनट २ सेकेन्डका साथ स्वर्ण पदक जिते । दिपेश चौधरीले १ घण्टा १ मिनट १८ सेकेण्डका साथ रजत र रुद्र कटुवालले १ घण्टा ४ मिनट ४३ सेकेण्डका साथ कास्य पदक प्राप्त गरे ।

महिला तर्फ एपिएफकी सोनी गुरुङले १ घण्टा १३ मिनट ८ सेकेण्डका साथ स्वर्ण, रोजा के।सी।ले १ घण्टा १७ मिनट ३३ सेकेण्डका साथ रजत र सेनाकी यामकुमारी भुजेलले १ घण्टा २४ मिनट १ सेकेण्डका साथ कास्य पाईन् । रोजाले भारतको गोहाटीमा दुई वर्षअघि सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदमा व्यक्तिगत तर्फ कास्य र टिम स्पर्धामा रजत पदक जितेकी थिइन् ।

लेक साइडमा भएको प्रतियोगिताको ५ कि।मि। दौड २० कि।मि। साइक्लिङ र २.५ कि।मि। दौड आर्मीका मानबहादुर थापाले जिते । उनले उक्त दूरी ५४ मिनट १७ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेका हुन् । एपिएफका किरण मल्लले ५५ मिनट ३९ सेकेण्डका साथ रजत र लक्ष्मण मल्लले ५५ मिनट ५३ सेकेण्डमा पुरा गर्दै कास्य पदक हात पारे ।

महिला तर्फ दुई खेलाडीको मात्र प्रतिस्पर्धा भएकोमा एपिएफकी हुमा बुढा मगरले आफ्नै क्लबकी प्रतिमा चौधरीलाई पराजित गर्दै स्वर्ण पदक जितिन् । हुमाले १ घण्टा १० मिनट ९ सेकेण्ड र प्रतिमाले १ घण्टा १५ मिनट २३ सेकेण्डमा दूरी पुरा गरे । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट पुरस्कार वितरण गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७