मन्त्रिमण्डल आजै विस्तार गरेर शपथ गराउने लक्ष्य छ : प्रधानमन्त्री


१६ चैत्र २०७९, बिहीबार
prachanda chitwan 2 scaled

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिमण्डल विस्तार गर्ने लक्ष्य रहेको बताएका छन् । मन्त्रिपरिषद विस्तार गरेर आजै शपथ ग्रहण गराउन लागेको उनले बताए । चितवनको भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण शिलान्यास तथा विमानस्थल विस्तार कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले राजधानी फर्किएपछि मन्त्रिमण्डल विस्तार गरेर शपथ गराउने बताए ।

prachanda chitwan 1

‘यहाँबाट फर्केर आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने मेरो लक्ष्य छ’, उनले भने, ‘तर, काम हाम्रो सकिएको छ, एक–दुई वटा मन्त्रालयको मात्रै मिलाउन मात्रै बाँकी हो । आज सकिएन भने भोलि बिहान होला ।’

प्रधानमन्त्री प्रचण्डले मुलुकको राजनीतिक स्थायित्वका लागि सबैलाई मिलाएर लैजान आफूले पुरै तागत लगाएको बताएका छन् । आफूले राजनीतिक निकासका लागि संकल्पको जिम्मेवारी बोकेर प्रधानमन्त्री बनेको बताए । ‘नेपालको राजनीतिक स्थायित्व र विकासलाई नयाँ गति दिने नयाँ संकल्पसहित यो पटक म प्रधानमनत्रीको जिम्मेवारीमा छु, ‘उनले थपे, ‘मलाई विश्वास छ, अब राजनीतिक स्थायित्वले पनि नयाँ आधार प्राप्त गर्ने छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७