उपनिर्वाचन : तनहुँ–१ मा कांग्रेसबाट भट्टराई उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि खाली रहेको तनहुँ क्षेत्र नम्बर–१ मा केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उमेदवार बनाउने निर्णय गरेको छ ।
बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट आसन्न उपनिर्वाचनमा भट्टराईलाई उमेदवार बनाउने निर्णय गरिएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।
नेपाल विद्यार्थी संघको ०५४ सालदेखि ०५७ सालसम्म अध्यक्ष भएर काम गरेका भट्टराई अहिले पार्टीका केन्द्रीय सदस्य छन् । भट्टराई अहिलेसम्म सार्वजनिक लाभको पदमा बसेका छैनन् । आउँदो वैशाख १० गते चितवन–२, तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन हुँदैछ ।