राजेन्द्र महतोले बारा–२ मा उपेन्द्र यादवसँग प्रतिष्पर्धा गर्ने


१६ चैत्र २०७९, बिहीबार
rajendra mahato
फाइल फोटो

काठमाडौँ । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो बारा–२ बाट चुनाव लड्ने तयारी गरेका छन् । गत चुनावमा सर्लाही–२ बाट महिन्द्र राय यादवसँग पराजित भएका महतो अब बारा–२ मा चुनाव लड्न जान लागेका हुन् । जिल्लाका नेताहरुबाट माग आएको भन्दै महतो चुनावको तयारीमा छन् ।

‘स्थानीय तहबाट आउनु पर्‍यो भन्ने माग भइरहेको छ अब हेरौ हामी छलफल गर्दैछौं,’ नेता महतोले भने । महतो २०७४ सालमा धुनुषाबाट चुनाव लडेका थिए । २०७९ को चुनावमा उनी आफ्नै गृहजिल्ला सर्लाहीमा चुनाव लड्न आइपुगे । तर उनी महिन्द्र यादवसँग पराजित भए ।

लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीबीच अहिले कार्यगत एकता गर्ने सहमति छ । तर चुनावको सन्दर्भमा भने के गर्ने भन्ने टुंगो छैन । जनमत पार्टीले पनि बारा–२ बाट शिवचन्द्र कुसवाहालाई उठाउने तयारी गरेको छ । कुसवाहा बुधबार माओवादी छोडेर चुनावमा उम्मेदवार बन्नका लागि जनमत पार्टीमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७