कांग्रेसका आठ मन्त्रीको नाम टुंगो लगाउने जिम्मा सभापति देउवालाई


१६ चैत्र २०७९, बिहीबार
deuwa scaled

काठमाडौं । नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । आज (बिहीबार) बिहान बसेको कार्यसम्पादन समितिको बैठकले मन्त्रिको नाम टुंगो लगाउने जिम्मा सभापतिलाई दिएको कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेसले ८ वटा मन्त्रालय पाएको छ । स्रोतका अनुसार कांग्रेसले अर्थमन्त्रीमा प्रकाशशरण महत, रक्षा मन्त्रीमा पूर्णबहादुर खड्कालाई पठाउने तयारी गरेको छ। कांग्रेसबाट सरकारको नेतृत्व खड्काले गर्ने छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज दिउँसो २ बजेभित्र पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम दिन आग्रह गरेका छन् । बालुवाटार आज बिहान बसेको बैठकमा उनले मन्त्रालय टुंगिएका दललाई नाम दिन आग्रह गरेका थिए । त्यसपश्चात काग्रेस कार्यसम्पादन समितिको बैठक बसेको हो ।

जसपा नेता राजेन्द्र श्रेष्ठले मोटामोटी सहमति भएको तर विषय टुङ्ग्याउन बाँकी रहेकाले पुनः २ बजे गठबन्धनको बैठक बस्ने जानकारी दिए । केही मन्त्रालयमा सहमति हुन नसकेकाले शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् । श्रेष्ठले पार्टीहरूले नाम दिए साँझसम्म मन्त्रीहरूको शपथ गर्ने तयारी भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७