दुई अर्ब लागतमा यस्तो बन्दैछ भरतपुर विमानस्थलको टर्मिनल भवन

प्रधानमन्त्री प्रचण्डद्वारा शिलान्यास


१६ चैत्र २०७९, बिहीबार
bharatpur terminal building1 4utRebzYWL

चितवन । भरतपुरमा करिब दुई अर्ब रुपैंयाँ लागतमा टर्मिनल भवन शिलान्यास भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३ वर्षमा बन्ने गरी आज (बिहीबार) भवनको शिलान्यास गरेका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको एरोडम इन्जिनियरिङ डिपार्टमेन्टले नया टर्मिनल भवन बनाउन लागेको छ ।
प्राधिकरणले चैत ६ गते केसी–क्षमादेवी–प्रतिस्ता जेभीले ठेक्का पाएको थियो । प्राधिकरणले १ अर्ब ९२ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

prachanda chitwan 1

तराईका अधिकांश विमानस्थलमा एटीआर ७२ जहाज अवतरण गर्न सक्ने भए पनि भरतपुर विमानस्थलमा अवतरण हुँदैन। एटीआर ४२ र ट्विवनअटर जहाजले उडान र अवतरण गर्दै आएका छन् । अब बन्ने भवन अत्याधुनिक ‘कन्भेयर बेल्ट’ सहितका हुनेछन् ।

bharatpur terminal building4 e5Y2i0r24K

भरतपुरमा ७ हजार ७४९ वर्गमिटर क्षेत्रफलमा अत्याधुनिक टर्मिनल भवन बनाउने योजना छ । विमानस्थलको धावनमार्ग विस्तार हुँदासमेत काम गर्ने गरी टर्मिनल भवन बनाउन लागिएको प्राधिकरणले जनाएको छ । नेपाली सेनाको घोडा प्रजनन केन्द्रलाई स्थानान्तरण गरी भरतपुर विमानस्थलको धावन मार्ग विस्तार गर्ने योजना छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७