६१ बर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ


१६ चैत्र २०७९, बिहीबार
Rape for nayapage

पाल्पा । पाल्पामा बलात्कार आरोपमा दुई जना पक्राउ परेका छन् । ६१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बुधबार दिउँसो प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका–६ घर भई पाल्पाको तानसेन नगरपालिका–६ मा खानेपानी ट्यांकी निर्माणको काम गर्दै आएका ५६ वर्षीय महताम लोध र रुपन्देहीकै कोटहीमाई गाउँपालिका–२ का १८ वर्षीय एक किशोर छन् ।

गएको मंगलबार उनीहरूले ती महिलालाई बलात्कार गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी बर्तुङबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७