भारतमा रामनवमी मनाउन मन्दिर गएका २५ भक्त इनारमा खसे


१६ चैत्र २०७९, बिहीबार
ind

इन्दोर । रामनवमी पर्व मनाउन पटेलनगरस्थित शिव मन्दिरमा भेला भएका भक्तजनमध्ये २५ जना मन्दिरको आँगनमा रहेको पुरानो इनारमा खसेका छन् ।

अहिलेसम्म पाँच जनाको उद्धार गरिएको छ । हालसम्म हताहतीको खबर आएको छैन । सिमेन्टको स्ल्याबले ढाकिएको इनारमाथि पूजाअर्चनाका निम्ति भक्तजन भेला भएका थिए । भीडको भार थाम्न नसकी स्ल्याब भत्कँदा उनीहरू इनारमा खसेका प्रहरीले जनाएको छ ।

इनारमा खसेका मध्ये केही त्यहाँ रहेको फलामको डन्डीमा झुण्डिएका र उनीहरूको उद्धार भइरहेको इन्दोरका सुरक्षा प्रमुख इलयाराजा टीले बताएका छन् । मन्दिर क्षेत्रको वातावरण बिग्रन नदिन तथा दुर्घटना हुन नदिन व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सम्भावित घाइतेलाई शीघ्र अस्पताल पुर्‍याउन मन्दिर परिसरमा एम्बुलेन्सहरू तयारी हालतमा राखिएका छन् । रासस / पीटीआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७