एआइजी टेकबहादुर राईद्वारा प्रहरी प्रतिष्ठानकाे पदभार ग्रहण (तस्वीरहरु)

काठमाडौं । बढुवासँगै पदस्थापन भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकप्रसाद राईले कार्यभार सम्हालेका छन् ।
गरेका अतिरिक्त महानिरीक्षकको पदस्थापन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चार एआईजीको पदस्थापन गरेको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चार एआईजीको पदस्थापन गरेको थियो । श्याम ज्ञवालीलाई महानगरीय प्रहरी कार्यालय (मेट्रो), किरण बज्राचार्यलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र टेकप्रसाद राईलाई प्रहरी एकेडेमीमा पदस्थापन गरेको थियो । मन्त्रिपरिषदको अनुसार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सरुवा भएका राईले आज (बिहीबार) कार्यभार सम्हालेका हुन् । एआइजी राईलाई आज प्रतिष्ठानका सिनियर तथा जुनियर प्रहरी अधिकृत तथा अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरुद्वारा स्वागत गरेका छन् ।
एआइजी राई समक्ष प्रतिष्ठानको समग्र गतिविधि समेटी तयार पारिएको प्रस्तुतीकरण प्रस्तुत गरिएको थियो । प्रस्तुतीकरणपछि प्रतिष्ठानका सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई प्रतिष्ठानको श्रीवृद्धिका लागि प्रतिष्ठानमा कार्यरत प्रहरी कर्मचारीहरू सर्वपक्षमा योग्य र नमुनायोग्य हुनुपर्नेमा जोड दिनुका साथै ईमान्दार, कर्तव्यनिष्ठ र व्यवसायिक भई कार्य सम्पादन गर्न समेत निर्देशन दिएका छन् ।











