ब्राजिलका फुटबल प्रमुख मार्को आजिवन प्रतिबन्ध


१५ बैशाख २०७५, शनिबार
Marco Polo Del

 

एजेन्सी,बैशाख  १५: ब्राजिलको फुटबल संघका प्रमुख मार्को पोलो डेल नेरोलाई फुटबलसम्वन्धी कुनैपनि काममा आजिवन प्रतिबन्ध लगाइएको छ ।

Marco Polo Delफुटबलको विश्वव्यापी आधिकारीक संगठन फिफाले उनलाई भ्रष्टाचारको अभियोगमा प्रतिबन्ध लगाएको हो । फिफाको मूल्य मान्यता समितिले ७७ वर्षीय मार्कोलाई सञ्चार र बजारसम्वन्धी सम्झौतामा घुस लिएको दोषी ठहर गरेको छ ।

उनलाई फुटवलसम्वन्धी कुनैपनि गतिविधि र जिम्मेवारीमा प्रतिबन्ध लगाउनुका साथै दश लाख अमेरिकी डलर जरिवाना समेत गरिएको छ ।

फिफाले डेल नेरोलाई व्यापारमा ठगी गरेको, अवैधानिक काम गरेको, सम्पत्तिको अपचलन गरेको लगायतका आरोप लगाउदै गत डिसेम्बरमा निलम्बन गरेको थियो । फिफाको निर्णयका बारेमा पुनरावेदन गराउन चाहेको डेल नेरोका वकिलहरुले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७