१७ करोडको कोकिनसहित काठमाडौंबाट दुई भारतीय महिला पक्राउ

काठमाडौं । प्रहरीले झण्डै आठ किलोग्राम कोकिनसहित दुई भारतीय महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षकी भल्लालामी र २९ वर्षकी इस्टर लालिम्पुरी छन् ।
प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले काठमाडौंबाट नयाँदिल्ली जान लागेको अवस्थामा उनीहरुलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको हो । उनीहरुको साथबाट दुई किलो ८८७ ग्राम कोकिन बरामद गरेको ब्यूरोले जनाएको छ ।
यस्तै १४ चैतमै भारतीय नागरिक २९ वर्षकी इस्टर लालिम्पुरीलाई ठमेलको एक होटलबाट ५ किलो कोकिनसहित पक्राउ गरेको गरिएको हो । ब्यूरोका प्रवक्ता एसपी चक्रराज जोशीका अनुसार उनीहरु दुवै जनाबाट बरामद भएको कोकिनको मूल्य १७ करोड ३ लाख ५९ हजार २०० रुपैयाँ रहेको छ ।