आज मन्त्रिपरिषद विस्तारको सम्भावना न्यून

दलहरुले अझै दिन सकेनन् मन्त्रीको नाम


१६ चैत्र २०७९, बिहीबार
Gathabandhan baluwatar

काठमाडौं । १० दलीय गठबन्धनभित्र मन्त्रालय बाँडफाँडमा चित्त बुझाबुझ नहुँदा आज हुने भनिएको मन्त्रिपरिषद् विस्तार अनिश्चित बनेको छ । गठबन्धनभित्रका दलहरूले मन्त्रालय बाँडफाँडमा असहमति जनाएपछि आज मन्त्रिपरिषद् विस्तारको सम्भावना कम भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

सत्ता साझेदार दलहरूले मन्त्रीका लागि नाम सिफारिस गर्न नसकेपछि सरकार विस्तारको सम्भावना न्यून बनेको एक नेताले जानकारी दिए । चितवनबाट फर्किए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दलका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए । उनले द्विपक्षीय र त्रीपक्षीय छलफल गरे पनि भागबण्डामा कुरा नमिलेको स्रोतको भनाइ छ । बुधबार बिहानै चितवन पुगेरका प्रधानमन्त्री प्रचण्डले आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गरी शपथ गराउने लक्ष्य रहेको बताएका थिए ।

बुधबार बसेको गठबन्धन दलको बैठकले भने मन्त्रालयको संख्या टुंगो लगाएको थियो । जसअनुसार कांग्रेसले ८, माओवादीले ५, जसपा र नेकपा एकीकृत समाजवादीले २–२ र जनमत, लोसपा, नेसपा, नागरिक उन्मुक्ति र आम जनता पार्टीले एक–एक मन्त्रालय दिने सहमति भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७