स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ–१ बाट उपनिर्वाचन लड्ने


१६ चैत्र २०७९, बिहीबार
441 Shares
swarnim wagle j22SAWlAG9 fhy8kFKwLY

काठमाडौं । नेपाली कांग्रेस परित्याग गरेका अर्थविद डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिएका छन् । वाग्लेले आज (बिहीबार) कांग्रेस छाडेको केहि घण्टाभित्रै रास्वपाको सदस्यता लिएका हुन् ।

उनले आजै दिउँसो नेपाली कांग्रेस छाडेको घोषणा गरेका थिए । उनलाई वैशाख १० मा हुने तनहुँ–१ को उपनिर्वाचनको टिकट केही दिनमै दिने निर्णय रास्वपाले गर्ने भएको छ । वाग्लेले कांग्रेस छाडेसँगै बिहीबार अपरान्ह रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरुसँग छलफल गरेका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

लगतै डिजिटल फारम भरेर पार्टी सदस्यका लागि आवेदन दिएका थिए । आवेदन परेको केहीबेरमै उनलाई रास्वपाले सदस्यता दिएको हो । कांग्रेसमा संस्थापन इतर निकट वाग्लेले सभापति शेरबहादुर देउवा र पत्नी आरजुको गिरोहको अपमान सहेर बस्न नसक्ने बताएका थिए ।

तनहुँ क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका छन् । नेपाली कांग्रेसबाट उपचुनावमा टिकट नपाएपछि वाग्ले रास्वपाबाट उम्मेदवार बन्न लागेका हुन् । रास्वपाका नेता अरनिको पाण्डेले वाग्ले तनहुँ–१ बाट उम्मेदवार हुने पुष्टि गरेका छन् ।

jagdamba.cement
rbbbb

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै पाण्डेले रास्वपाबाट वाग्ले उम्मेदवार हुने उल्लेख गरे । कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार हुने भएपछि वाग्लेले टिकट नपाएका हुन् । आउँदो वैशाख १० गते हुने उपचुनावमा कांग्रेसका भट्टराई, रास्वपाका वाग्ले र एमालेबाट सर्वेन्द्र खनालबीच त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७