भारतीय टोली लुका सकरलाई हराउँदै विराटनगर सिटीलाई विराट गोल्डकपको उपाधि


१६ चैत्र २०७९, बिहीबार
63 Shares
brt1680193900

विराटनगर सिटी (बीसीएफ) ले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ।

बिहीवार शहीद रंगशालामा सम्पन्न खेलमा छिमेकी राष्ट्र भारतको केरलाको क्लब लुका सकरलाई ४ – ० गोलले हराउँदै विराटनगर च्याम्पियन बनेको हो।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

विराटनगरको जितमा नेपालका स्टार खेलाडी विमल घर्ती मगर नायक सावित भए। पहिलो गोलका लागि अवसर सिर्जना गरेका विमलले टिमका लागि दोस्रो गोल गरेका थिए। मैदानमा छाएर खेलेका उनले थुप्रै सुन्दर अवसरहरू सिर्जना गरेर विपक्षीमाथि दबाब सिर्जना गरेका थिए।

सहिद रंगशालामा घरेलु दर्शकले खचाखच मैदानमा आयोजक टिमले २०१९ सालको सफलता ६१ वर्षपछि दोहोर्‍याएको हो। २०१८ सालको महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ ११ उपविजेता र एलेभेन ज्वेल्स कोलकाता विजेता बनेको थियो। २०१९ सालमा आयोजक मोरङ ११ ले उपाधि जित्दा कोलकाता उपविजेता भएको थियो।

jagdamba.cement
rbbbb

विराटनगर सिटीले उपाधिसँगै नगद २० लाख १५ हजार रूपैयाँ हात पारेको छ। उपविजेता केरलाले १० लाख १५ हजारमा चित्त बुझाएको छ।

विराटनगर सिटीका अफिज ओलावाले, विमल घर्ती मगर, मेसुके र अभिषेक गुरूङले गोल गरेका थिए। स्टेफनले पेनाल्टीको अवसर खेर फाल्दा टोली ५–० को अग्रता बनाउनबाट चुकेको थियो।

खेल अवधिभरि विराटनगरले केरलालाई पूरापूर दबाबमा राखेको थियो। खेलको सातौं मिनेटमा विराटनगर सिटीका अफिज ओलावालेले गोल गरी टिमलाई सुरूआती अग्रता दिलाएका थिए। डिबक्स नजिकैबाट विमल घर्ती मगरले दिएको पास नियन्त्रणमा लिँदै ओलावालेले बललाई पोस्टको दिशा दिएका थिए।

७८ औं मिनेटमा विमलले पेनाल्टी एरिया बाहिरबाट क्रसबार च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो। युटा सुजिकीले निकालेको क्रस पासलाई विमलले गोलमा परिणत गरेका थिए। खेलको ८९ औं मिनेटमा मेसुकेले गोल गरी खेल ३(० मा पुर्‍याएका थिए। इन्जुरी समयमा विराटनगर सिटीका अभिषेक गुरूङले गोल गरी टिमको टिमको फराकिलो जित निश्चित पारेका थिए।

खेलको ७४ औं मिनेटमा विराटनगरले पेनाल्टीको अवसर पाएको थियो। केरलाका खेलाडीले डिबक्सभित्र ह्यान्ड गरेपछि विराटनगरले पेनाल्टी पाएको थियो। पेनाल्टीमा स्टेफेनले गरेको प्रहार केरलाका गोलकिपर सनफिरले उत्कृष्ट ढंगले बचाएका थिए।

खेल अवधिभरि विराटनगरले धेरै गोलको अवसर गुमाएको थियो। तर केरला प्रिमियर लिगको पाँचौं टोली लुका सकरले भने आफ्नो पहिलो विदेश यात्राको फाइनललाई बिर्सनलायक तुल्यायो। उसले कुनै पनि समय विराटनगरको पोस्टमा बलियो चुनौती पेस गर्न सकेन।

आयोजक विराटनगर सिटीका सुरज विकले म्यान अफ द म्याचको उपाधि जित्दा ११ हजार नगद पाए। प्रतियोगितामा व्यक्तिगत उपाधि पनि विराटनगरकै खेलाडीले जितेका छन्।

फेयर प्ले टिमको उपाधि जित्दै जावलाखेल युथ क्लब काठमाडौंले २५ हजार नगद प्राप्त गरेको प्रतियोगितामा उच्च गोलकर्ता अभिषेक गुरूङ बनेका थिए। उनले फाइनलमा पनि गोल गरेका थिए। उत्कृष्ट फर्वार्डको उपाधि लुका सकरका चार्ल्स फर्कुले जित्दा उत्कृष्ट डिफेन्डरको अवार्ड विराटनगरका देवेन्द्र तामाङले जिते।

उत्कृष्ट गोलरक्षक विराटनगरका कप्तानसमेत रहेका विशाल श्रेष्ठले जिते भने उत्कृष्ट मिडफिल्डर विराटनगरका युता सुजुकी घोषित भए। उत्कृष्ट कोचको उपाधि पनि विराटनगरका सन्तोष न्यौपानेले जितेका छन्। विराटनगरका मेसुके प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७