२०७९ चैत १७ गते शुक्रबारको तपाईको राशिफल
चैत शुक्ल दशमी पञ्चाङ्गः सुकर्मा तैतल पुष्य, एसईई–२०७९ प्रारम्भ–अनिवार्य अङ्ग्रेजी

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ, संयम रहनु उचित होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज परीक्षा र शैक्षिक क्षेत्रबाट सफलता मिल्ने छ । भाग्यले विभिन्न अवसर जुराउनेछ । प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मन खिन्न हुने स्थिति आउनेछ । मालसामान हराउन सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ, तर वैदेशिक क्षेत्रको काम बन्ने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज नयाँ कार्यको थालनी होला । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । भूमिबाट लाभ रहला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । लेनदेनमा सजगता अपनाउनु पर्नेछ । दिनको उत्तरार्धमा अधिक धन पनि खर्च हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज नयाँ सवारी साधन प्राप्तिको योग छ । आँटेको र ताकेको कार्य पुरा होला । प्रतियोगितात्मक क्रियाकलापमा विजय पनि प्राप्त हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज अधुरो वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । लगनशीलताले रोकिएका कामहरू अगाडि बढ्ने छन् । विश्वास गरेकाले साथ दिनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धर्म, कर्म तथा सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । मिष्ठान्न भोजन पनि प्राप्ति होला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुखमय रहनेछ । मान प्रतिष्ठामा वृद्धि पनि होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्यमा सफलता पाइनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । जीवन साथीको सल्लाहले कार्यमा सफलता मिल्ने छ । मनमा उत्साह पनि छाउने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
शुभकार्यको चर्चा चल्नेछ । वित्तडीय संस्थाबाट सहयोग पाइनेछ । न्यायिक कार्यमा सफलता मिल्ने छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । शुभ कार्यमा मन पनि जानेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल