गस्तीमा निस्केका प्रहरी हवल्दार भेरी नदीमा खसेर बेपत्ता


१७ चैत्र २०७९, शुक्रबार
Karnali veri river surkhet scaled
फाइल फोटो

डोल्पा । हिमाली जिल्ला डोल्पामा गस्तीमा खटिएका एक प्रहरी हवल्दार बेपत्ता भएका छन् । ईलाका प्रहरी कार्यालय काइगाउँमा कार्यरत दैलेखको नौमुले गाउँपालिका घर भएका ४१ वर्षीय वरिष्ठ हवल्दार जोशीराम रेग्मी काईगाउँ खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

मुड्केचुला गाउँपालिका–१ अन्तर्गत पर्ने भेरीकुना भन्ने ठाउँबाट बिहीबार साँझ पौने ६ बजेको समयमा बेपत्ता भएको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिएका छन् ।

बेपत्ता जोशी नियमित गस्तीका लागि खटिएको र खोजतलास गर्दा उनले बोकेको झोला भेटिएको प्रहरीले जनाएको छ । प्रहरी नायब निरीक्षकको नेतृत्वमा प्रहरीको टोली खोजी कार्यमा खटिएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७