एक वडा, एक खेल मैदान

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १ मा निर्माण गरिएको खेल मैदान । एक वडा, एक खेल मैदान निर्माण गर्ने योजना अनुसार सोही स्थानमा खेल मैदान निर्माण गरिएको हो । स्थानीय खेल प्रतिभालाई खेलकुदको वातावरण बनाउन मैदान निर्माण अभियानकै रुपमा अघि बढेको छ । तस्वीर : दीपक बोहरा / रासस