भीम रावलले आत्मालोचना नगरे पार्टी अब चुप बस्दैन : पौडेल

‘एमालेले चाहे गठबन्धन केहि दिनमै भत्किन्छ’


१७ चैत्र २०७९, शुक्रबार
98 Shares
bishnu paudel2023 03 31 11 33 29

धनगढी । भीम रावलले पार्टी अनुशासन उल्लंघन गरेकाले आत्मालोचना नगरे उनलाई कारवाही गरिने एमाले उपाध्यक्ष विष्णु पौडेलले चेतावनी दिएका छन् । धनगढीमा आज (शुक्रबार) प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले पार्टीको निर्णय पनि नमान्ने र पार्टीको विरोधमा गतिविधि गरिराखे रावलविरुद्ध पार्टी चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

रावलले पार्टी निर्णय र अनुशासन उल्लंघनलाई निरन्तरता दिए तमासा हेरेर बस्न नसकिने उनको भनाई छ । ‘भीम रावलजीले पार्टी सदस्यको कर्तव्य निर्वाह गर्नु भएको छैन । पार्टी अनुशासन उल्लंघन गर्नु भएको छ । पार्टीलाई कमजोर पार्ने गतिविधि उहाँबाट भइरहेका छन् । उहाँले एकपछी अर्को गल्ती गर्दै हुनुहुन्छ’, उपाध्यक्ष पौडेलले भने, ‘पार्टीको सोच गल्ती स्वीकार गरेर आत्मालोचना गर्नोस्, पार्टीको नीति, विधि र महाधिवेशनबाट आएको नेतृत्वलाई मानेर जानोस्, पार्टीको निर्णय मानेर जानोस्, एउटा अनुशासित सदस्य भएर जानोस् भन्ने हो । तर उहाँले एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ । पार्टीका निर्णयहरु उल्लंघन गर्दै हुनुहुन्छ ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘गल्ती स्वीकार गर्नुहोस्, गल्ती प्रती आत्मालोचना गर्नुहोस्, अब गल्ती गर्दैन भनेर पार्टीप्रती प्रतिवद्वता जनाउनुहोस्, अनुशासित कार्यकर्ता भएर काममा फर्कनुस् भन्ने हो । तर पार्टीको निर्णय पनि नमान्ने, पार्टीको विरोधमा गतिविधि गरिराख्ने गरेमा पार्टी चुप लागेर बस्ने भन्ने हुँदैन ।’ उनले भने, ‘गल्तीलाई निरन्तरता दिँदै गए पार्टीले उचित निर्णय लिन्छ, तमासा हेरेर बस्दैन । रावलको सन्दर्भमा एमाले अब धेरै बेर कुरेर बस्दैन ।’

पार्टीको मिसन ग्रासरुट अभियानका क्रममा अछाममा पौडेल सहभागी भएको साफेबगरको कार्यक्रममा रावलको विरोध भएपछि केहीबेर कार्यक्रम बिथोलिएको थियो । पाध्यक्ष विष्णु पौडेलले एमालेले चाहे केही दिनमै सत्ता गठबन्धन भत्काउन सक्ने दाबी गरेका छन् । उनले एमालेलाई गठबन्धन भत्काउनु पर्छ भन्ने महसुस भयो भने एकाध सातामै भत्काउन सक्ने जिकिर गरे । तर, एमाले अहिले त्यो बाटोमा नरहेको उनको भनाइ थियो ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७