कांग्रेसबाट चार जनाले मन्त्रीको शपथ लिँदै


१७ चैत्र २०७९, शुक्रबार
congress 4

काठमाडौं । नेपाली कांग्रेसले तत्काल चार जनालाई मन्त्री बनाउने भएको छ । पार्टीभित्र भागवण्डा नमिलेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले चार जनाको मात्र नाम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएका हुन् ।

उपसभाति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बन्ने छन् भने प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री हुनेछन् । रमेश रिजाल उद्योग र सीता गुरुङ शहरी विकासमन्त्री बन्ने पक्का भएको छ ।

कांग्रेसले ८ मन्त्रालय पाएको छ । तर शेखर कोइराला समूहले दुई मन्त्री स्वीकार नगर्ने बताएपछि बाँकी मन्त्रीहरुको नियुक्ति अहिलेलाई रोकिएको छ । पर्सा–४ बाट निर्वाचित रिजालले आफूलाई उद्योग मन्त्रीको शपथका लागि खबर आएको जानकारी दिएका छन् । यस्तै गुरुङले पनि आफूले सहरी विकासमन्त्रीको शपथ लिन लागेको जानकारी दिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७