तनहुँ–१ मा रास्वपाबाट स्वर्णिम वाग्ले उम्मेदवार निश्चित


१७ चैत्र २०७९, शुक्रबार
swarnim wagle

काठमाडौँ । तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अर्थशास्त्री डा. स्वर्णिम वाग्ले उम्मेदवार बन्ने पक्का भएको छ । रास्वपाबाट तनहुँ–१ मा वाग्लेसहित चार आकांक्षी भए पनि तीन जनाले नाम फिर्ता लिएपछि वाग्लेको उम्मेदवारी सुनिश्चित भएको हो ।

तनहुँ–१ मा फिल्म निर्देशक नारायण पुरीसहित रुपक विक र ईश्वर लामिछानेले पनि प्रारम्भिक निर्वाचनमा भाग लिने चाहना देखाएका थिए । तनहुँ–१ का लागि निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले ३ जनाले वाग्लेको नाममा सहमति जनाउँदै नाम फिर्ता लिएको जानकारी दिए । रास्वपाबाट निर्वाचनमा उम्मेदवार बन्न चाहनेहरू प्रारम्भिक निर्वाचन जितेर आउनु पर्नेछ उसको विधान छ ।

कांग्रेसभित्र भावी अर्थमन्त्रीका रूपमा हेरिएका अर्थशास्त्री वाग्लेले ‘तीन पुस्ता’ को पारिवारिक विरासत गाँसिएको कांग्रेसबाट बिहीबार अलग भएको घोषणा गरेका थिए । कांग्रेसले उक्त क्षेत्रबाट नेविसंघका पूर्व अध्यक्ष गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरे लगत्तै वाग्लेले कांग्रेस नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य गोविन्द पोखरेललाई सम्बोधन गर्दै पार्टी त्याग गरेको जानकारी गराएका थिए ।

कांग्रेस किन छाडेको भन्ने प्रश्नको उनले फेसबुकमार्फत सार्वजनिक जवाफ दिएका छन् । उनले नेतृत्वको व्यवहार र कार्यशैलीलाई मुख्य कारण मानेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७