उपनिर्वाचन : चितवन–२ मा एमालेबाट रामप्रसाद न्यौपाने उम्मेदवार सिफारिस


१७ चैत्र २०७९, शुक्रबार
RAmprasad Naupane1680259096

काठमाडौं । चितवन क्षेत्र नम्बर–२ को उपनिर्वाचनको उम्मेदवारका लागि नेकपा (एमाले) बाट रामप्रसाद न्यौपानेको एकल सिफारिस भएको छ ।

चितवन जिल्ला अध्यक्ष समेत रहेका न्यौपानेलाई जिल्ला कमिटीले एकल सिफारिस गरेको हो । चितवन–२ को उमेदवारका लागि एमालेका नेताहरू देवी ज्ञवाली, विजय सुवेदी लगायतको पनि चर्चा थियो ।

न्यौपाने मंसिर ४ को निर्वाचनमा क्षेत्र नम्बर ३ बाट उमेदवारी दिएका थिए । तर, नेपाली कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवार बनेका दिनेश कोइरालालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए । वैशाख १० गते हुने उपनिर्वाचनका लागि शनिबार केन्द्रीय सचिवालय बैठक बसेर उम्मेदवार छान्ने एमालेको तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७