विशेषले फैसला गरेका मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन


१७ चैत्र २०७९, शुक्रबार
Akhtiyar

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतले फैसला गरेका मुद्दामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

विशेष अदालतले विभिन्न मितिमा फैसला भएकामध्ये गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचारसम्बन्धी मुद्दामा दिएको फैसलामाथि चित्त नबुझेको भन्दै सर्वोच्चमा पुनरावेदन गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

आयोगले विनोदकुमार सिंह, गीतादेवी सिंह, अनुपकुमार सिंह र अचलकुमार सिंहविरूद्ध गैरकानुनी रुपमा एक करोड ९१ लाख ६१ हजार ६२५ रुपैयाँ बराबरको गैरसम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदातलमा मुद्दा दायर गरेको थियो । आयोगले सोही रकम बराबरको बिगो दावी माग गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७