एक दशकपछि गृहमा फर्किदा प्रसन्न देखिए नारायणकाजी (तस्वीरहरु)


१७ चैत्र २०७९, शुक्रबार
Narayankaji shrestha 1

काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् । ११ पुसमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री बनेका श्रेष्ठलाई प्रधानमन्त्रीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठनका क्रममा गृहको जिम्मेवारी दिएका हुन् ।

गत पुस ११ गते उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हाल्दै गर्दा नारायणकाजी श्रेष्ठ सन्तुष्ट थिएनन् ।
उनले पदभार ग्रहणपछि नै आफ्नो असन्तुष्टि पोखेका थिए । तर तत्कालन मन्त्रालय हेरफेर हुने संकेत नदेखेका उनले सडक अनुगमनसहितका कामलाई बितेका तीन महिनामा अघि बढाए थिए ।

Narayankaji shrestha 2

उनले शुक्रबार नै गृहमन्त्रीको पदभार सम्हालेका छन् । उनी गृह मन्त्रालयको नेतृत्वमा १० वर्षपछि फर्किएका हुन् । श्रेष्ठ ०६८ मा केही दिन गृहमन्त्री बनेका थिए । १६ साउन २०६८ देखि ३ भदौ २०६८ सम्म गृहमन्त्री रहेका श्रेष्ठले फेरि गृहमा फर्किएपछि भने, ‘१० वर्षपछि गृह मन्त्रालयमा फर्किएको छु । प्रधानमन्त्रीको निर्देशनअनुसार गृह मन्त्रालयको जिम्मेवारी लिएर आएको छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७