सबैले विश्वास गर्ने परिस्थिति बनाएर सरकार सफल बनाउँछौँ : नव नियुक्त उपप्रधानमन्त्री


१७ चैत्र २०७९, शुक्रबार
Purna Bahadur Khadka 2
फाइल फोटो

काठमाडौं । नव नियुक्त उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सबैलाई सम्मान र विश्वास गर्ने परिस्थिति निर्माण गरेर सरकार सफल बनाउने प्रतिबद्धता जनाएका छन् ।

आज (शुक्रबार) राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि मन्त्रालयको कार्यभार सम्हाल्दै सिंहदरबारमा मन्त्री खड्काले रक्षा मन्त्रालय एकदमै महत्वपूर्ण मन्त्रालय भएकाले सबै पक्षहरूसँगको छलफलबाट आफू अघि बढ्ने बताए ।

उनले सामुहिकताको भाव र सबैले सबैलाई सम्मान गर्ने, विश्वास गर्न परिस्थिति निर्माण गरेर सरकार सञ्चालन गर्ने पनि बताए । उनले न्यूनतम साझा कार्यक्रम अबको केही दिनमा नै ल्याउने बताउँदै न्यूनतम साझा कार्यक्रमबाट नै सरकारका प्राथमिकताहरू, सरकारका महत्वपूर्ण नीतिगत सुधारका कामहरू अघि सार्ने बताए ।

‘यो मन्त्रालय महत्वपूर्ण छ, यसलाई बुझेर नै मैले आफ्ना कामहरू प्रधानमन्त्री ज्यूको निर्देशनमा रक्षा मन्त्रालयका अधिकारीहरू, नेपाली सेनाको प्रधानसेनापति लगायत सम्पूर्ण सम्बन्धित व्यक्तिहरूसँग छलफल गर्नेछौँ । हामी सामुहिकताको भाव र सबैले सबैलाई सम्मान गर्ने, विश्वास गर्न परिस्थिति निर्माण गरेर जानेछौँ । हामीले न्यूनतम साझा कार्यक्रमको तयारी गर्दै छौँ । मस्यौदा तयार भएको छ । सरकार विस्तार गर्ने काम लगभग सम्पन्न भएको छ । केही दिन भित्रमा नै न्यूनतम साझा कार्यक्रममार्फत ल्याउने छौं’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७