न्यौपानेको अध्यक्षतामा कुराँश संघ गठन


१५ बैशाख २०७५, शनिबार
kurash

काठमाडौं, १५ बैशाख । नेपाल कुराँश संघको शनिबार सम्पन्न प्रथम साधारणसभाले धु्रवराज न्यौपानेको नेतृत्वमा केन्द्रीय कार्यसमिति चयन गरेको छ । संघको बरिष्ठ उपाध्यक्षमा जीवन राई र उपाध्यक्षत्रयमा दीपकबहादुर सिंह, डिल्ली डाँगी, प्रकाशचन्द्र भट्टराई चयन गरेको छ ।

kurash
संंघको महासचिवमा प्रतीक्षा खरेल, सचिव हरिराम ढुंगाना र कोषाध्यक्षमा देवराज लामा तामाङ चुनिएका छन् । सदस्यहरुमा संजीव गुरुङ, विकासविक्रम शाह, यशुकुमारी लामा, पदमबहादुर कुँवर, जय गुरुङ, हरिबहादुर श्रेष्ठ, दिवस तिवारी, विष्णुकुमार श्रेष्ठ, असल राई र विकास गुरुङ चयन भएका छन् ।
कुराँश संघको प्रथम साधारणसभा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा ओलम्पिक कमिटीका महासचिव लामा टेण्डी शेर्पाको प्रमुख आतिथ्यमा भएको थियो । कुराँस खेल मार्सलकै एक विधा हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७