कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत, एमालेले दियो साथ


१७ चैत्र २०७९, शुक्रबार
Rajkumar sharma

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शर्माले शुक्रबार विश्वासको मत पाउँ भनी प्रदेश सभामा प्रस्ताव पेश गरेका थिए ।

शर्माको प्रस्तावको पक्षमा ३८ तथा विपक्षमा राप्रपाका १ सांसदले मत दिएका छन् । प्रदेश सभाका ४० सांसदमध्ये ३९ सांसदले मतदान गरेका थिए ।

शर्मालाई विश्वासको मत दिनेमा नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका ९ तथा एकीकृत समाजवादी र स्वतन्त्र एक–एक सांसद रहेका छन् । एक पटक मौन रहेका नेपाली कांग्रेसका सांसदहरुले अन्तिम अवस्थामा मुख्यमन्त्रीको पक्षमा मतदान गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७