मन्त्रीहरुको वरीयता : नारायणकाजीभन्दा अगाडि पूर्णबहादुर, अरु को कति नम्बरमा ?


१७ चैत्र २०७९, शुक्रबार
490 Shares
prachanda cabinet sapath 2 1

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सातौं पटक विस्तार गरेको मन्त्रिपरिषद्का नव नियुक्त मन्त्रीहरूको वरीयता सार्वजनिक भएको छ ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्रीपछि दोस्रो वरियतामा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का छन् । त्यसपछि मात्रै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ रहेका छन् । त्यस्तै चौथो वरियतामा कृषिमन्त्री डा. बेदुराम भुसाल, पाँचौंमा शिक्षामन्त्री अशोककुमार राई, छैटौंमा श्रममन्त्री शरतसिंह भण्डारी, सातौंमा अर्थमन्त्री प्रकाशशरण महत र आठौंमा महिला बालबालिकामन्त्री महिन्द्र राय यादव रहेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

त्यस्तै नवौंमा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, दसौंमा सञ्चारमन्त्री रेखा शर्मा, एघारौंमा पर्यटनमन्त्री सुदन किराँती, बाह्रौंमा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, तेह्रौंमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, चौधौंमा भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठ, पन्ध्रौंमा उद्योगमन्त्री रमेश रिजाल, सोह्रौंमा सहरी विकासमन्त्री सीता गुरुङ र १७औंमा पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी रहेका छन् ।
हेर्नुस् कसको वरीयता कति नम्बरमा ?

bariyata

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७