पाँचथरमा कार दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते


१८ चैत्र २०७९, शनिबार
thumb

पाँचथर । मेची राजमार्गको फिदिम इलाम सडक खण्डअन्तर्गत पाँचथरको फिदिम नगरपालिका–३ कान्छी दोकानमा भएको कार दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।

ताप्लेजुङस्थित पाथिभरा देवीको दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्री सवार प्रदेश १–०१–००१ च ९३४९ नम्बरको कार सडकदेखि करिब २ सय मिटर तल खस्दा झापाको बिर्तामोड–१ निवासी १८ वर्षीय रश्मि भुजेलको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी रश्मिलाई प्रहरीले उद्धार गरेर उपचारार्थ पाँचथर अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

कारमा सवार तीन जनाको अवस्था चिन्ताजनक रहको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवश कुँवरले जानकारी दिए । घाइते हुनेमा बिर्तामोड–१ का राजु भुजेल,सीता भुजेल र लिला भुजेल घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी राति नै झापाको बिर्तामोडतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७