प्रधानमन्त्री देउवाको भाई टीका (फोटो फिचर)

प्रकाशित मिति : October 21, 2017

काठमाडौँ, ४ कात्तिक :  प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नी बहिनी दुर्गादेवी चन्दबाट टीका लगाएका छन् । उनले भाइटीका पर्वको उपलक्ष्यमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान साइतमै बहिनी चन्दबाट टीका ग्रहण गरेका हुन् । टिका लगाइदिएपछि बहिनी चन्दले प्रधानमन्त्री देउवालाई कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरे । प्रधानमन्त्री देउवाले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गरे । संविधान कार्यान्वयनसँगै मुलुकमा स्थायी शान्ति र आर्थिक विकासतर्फ केन्द्रित हुन समेत सबै राजनीतिक दलका नेतालाई उनले आह्वान पनि गरे ।

प्रतिक्रिया दिनुहोस्