सातामा ६०० रुपैयाँले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


१८ चैत्र २०७९, शनिबार
Gold 5

काठमाडौं । नेपाली बजारमा यो साता सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्मको अवधिमा ६०० रुपैयाँले सुनको मूल्य घटेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ८०० रुपैयाँ थियो । जबकी, हिजो शुक्रबारसम्म आइपुग्दा घटेर एक लाख ९ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

साताको पहिलो कारोबार दिन आइतबार नै सुनको मूल्य ६०० रुपैयाँले घटेको थियो । यस्तै, सोमबार २०० ले घटेको सुनको भाउ मंगलबार १ हजार रुपैयाँले घटेको थियो । यस्तै, बुधबार ५०० रुपैयाँले बढे पनि बिहीबार पुन ३०० ले घटेको सुनको भाउ शुक्रबार एकै दिन १ हजार रुपैयाँले बढेको थियो ।

यस्तै यो साता चाँदीको मूल्य पनि बढेर प्रतितोला १४ सयको आँकडा छोएको छ । गत साताको शुक्रबार तोलामा १३ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य साताभरमा ४० रुपैयाँले बढेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७