मन्त्री पो बन्दिनँ भनेको थिएँ, उपप्रधानमन्त्री होइन : खड्का


१८ चैत्र २०७९, शनिबार
42 Shares
Purna bdr khadga 2 scaled

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले मुलुकको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै स्थायी शान्ति कायम गर्ने बताएका छन् ।

Purna bdr khadga 3

आज ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रमको अवलोकन एवं निरीक्षण गर्दै उनले भने, ‘निर्वाचनपछि एकखालको दुर्घटना भयो, प्राकृतिकरुपमा जुन गठबन्धनको सरकार बन्नु पथ्र्याे, बन्न सकेन, त्यसपछि विकसित घटनाक्रमले अहिले यो सरकार बनेको छ, हिजो निर्वाचनका बेला जनतासामु जेजे एजेण्डा लिएर गएका थियौँ, ती एजेण्डामा सहमत हुने दल एक ठाउँमा आइपुगेका छौँ ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनले अहिलेको सरकारको प्राथमिकता मुलुकको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै स्थायी शान्ति कायम गर्नु, शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनु, स्थायी शान्तिको जगमा आर्थिक समृद्धि हासिल गर्नु रहेको बताए ।
उनले नेपाल राष्ट्र र नेपाली जनताको आर्थिक वृद्धि गर्दै निश्चित वर्षभित्रै नेपाललाई विकसित राष्ट्रका रुपमा पुर्‍याउनु वर्तमान सरकारको प्राथमिकता भएको बताए ।

Purna bdr khadga 1

उपप्रधानमन्त्री खड्काले संसदमा रहेका सबै दल र संसद् बाहिर रहेका दललाई समेत समेटेर एकताबद्ध गराउँदै न्यूनतम साझा कार्यक्रमभित्र समेटेर मुलुकको स्वाभिमान, सुरक्षा, नेपाली जनताको हितमा एकताको भाव बोकेर वर्तमान सरकार अगाडि बढ्नेमा जोड दिए ।

jagdamba.cement
rbbbb

उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले आफूले यसअघि मन्त्री बन्दिनँ भनेको र अहिले उपप्रधानमन्त्री बनेको बताएका छन् । यसअघि नै सार्वजनिक कार्यक्रमहरुमा उनले आफू पटक–पटक मन्त्री भएकाले अब फेरि मन्त्री नबन्ने भन्दै आएका थिए ।

उनको त्यही भनाइलाई लिएर सामाजिक सञ्चालमा आलोचना पनि भइरहेको छ । ‘मन्त्री खान्न भन्नु भयो, मन्त्री बन्दिनँ भन्नु भयो, तर फेरि मन्त्री बन्नु भयो भनेर सामाजिक सञ्लमा आइरहेको छ,’ उनले प्रश्न गरे, ‘मैंले उपप्रधानमन्त्री बन्दिनँ भनेर कहिले भनेको थिएँ ? मैले मन्त्री बन्दिनँ भनेको हो, यो कुरामा म अहिले पनि अडिग नै छु ।’


उनले आश्रममा रहेको नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पूर्णकदको सालिक अगाडि दीप प्रज्वलन गर्दै सालिकमा माल्यार्पण गरे । सो अवसरमा उपप्रधानमन्त्री खड्कालाई आश्रमका सञ्चालिका अमिता कपाली, नेपाली कांग्रेस ललितपुरका सभापति जीतेन्द्रकुमार श्रेष्ठ, प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणा, प्रदेशसभा सदस्य मीनकृष्ण महर्जनलगायतले स्वागत गरेका थिए । उपप्रधानमन्त्री खड्कालाई आश्रमका सञ्चालिका कपालीले आश्रमको गतिविधिबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७