उपनिर्वाचनकाे उम्मेदवार छान्न एमाले सचिवालय बैठक जारी


१८ चैत्र २०७९, शनिबार
amale

काठमाडौं । तीन निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका उम्मेदवार छान्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा उम्मेदवार छनोट लगायत समसामयिक विषय छलफलका एजेण्डा रहेको महासचिव विष्णु रिमालले जानकारी दिए ।

वैशाख १० गते चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ । एमालेले चितवनमा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उठाउने लगभग निश्चित छ । बारा २ बाट भने एमालेले कसलाई उठाउने भन्ने सचिवालय बैठकले निर्णय गर्ने बुझिएको छ । उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारी मनोनयन गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७