कराँचीमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु

काठमाडौँ । पाकिस्तानको कराचीस्थित एक कारखानामा भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको छ । कारखानामा निःशुल्क खाद्य सामग्री वितरण भइरहेको थियो । कारखानामा आगो लागेको हल्लापछि त्यहाँ भागदौड मच्चिएको थियो ।
भागदौडमा ९ जना महिला र तीन बालबालिकाको मृत्यु भएको हो । धेरै जना घाइते भएकोमा उनीहरूको उद्वार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको एजेन्सीले जनाएको छ ।