वीरेन्द्र हमाल निर्देशत ‘चक्षु’ देखाउँदै सकियो ‘बुद्ध थिएटर फेस्टिभल’


१८ चैत्र २०७९, शनिबार
birendra hamal scaled

काठमाडौं । काठमाडौँमा जारी ‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण सम्पन्न भएको छ । यही चैत १३ गतेदेखि जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको महोत्सव पाँचाैं दिन वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै समापन गरिएको हो । नृत्य नाटिका ‘चण्डालीका’ मञ्चन गर्दै सुरू गरिएको महोत्सवमा ‘चक्षु’ सहित बुद्धसम्बन्धी छ नाटक मञ्चन गरिएको थियो ।

शुक्रबार आयोजित समापन समारोहमा बुद्ध थिएटर फेस्टिभलका निर्देशक पुष्कर गुरुङ, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक राई, बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलगायत उपस्थित थिए ।

गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रङ्गमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यले सुरु भएको महोत्सव सफलतापूर्वक सम्पन्न भएको निर्देशक गुरुङले बताए । ‘आगामी दिनमा बुद्ध महोत्सवलाई अन्तर्राष्ट्रियकरण गर्ने योजनामा छौँ, तीन वर्षदेखि आयोजना हुँदै आएको यस महोत्सवले बुद्धलाई नजिकबाट अहिलेका पुस्तामा चिनाउने काम गर्‍यो भन्नेमा विश्वस्त छौँ’, निर्देशक गुरुङले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७