भारतबाट घटेर आयो इन्धनको भाउ, आयल निगम भने ‘चुपचाप’


१८ चैत्र २०७९, शनिबार
Nepal Oil Corporation scaled

काठमाडौँ । भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेशन आईओसीले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य अनुसार पेट्रोल लिटरमा एक रुपैयाँ ७४ पैसा र डिजलमा ६ रुपैयाँ ८२ पैसा मूल्य घटेको छ । अब निगमलाई पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ र डिजलमा २२ रुपैयाँ नाफा हुने देखिएको छ ।

निगमले अब पेट्रोल र डिजलबाट १५ दिनमै ८० करोड रुपैयाँभन्दा धेरै नाफा कमाउनेछ । अहिले पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १७८ रुपैयाँ र डिजलको १७५ रुपैयाँ छ । भारतका धेरै पटक मूल्य घटेर आए पनि निगमले यसअघिको घाटा र ग्यासबाट हुँदै आएको घाटालाई पूर्ति गर्न भन्दै भाउ घटाएको छैन ।

भारतबाट भाउ बढेर आउने बित्तिकै नेपालमा पनि बढाइहाल्ने तर पटक–पटक भाउ घटेर आउँदा समेत नेपालमा पुरानै भाउमा पेट्रोलियम पदार्थ बेचेर ठगेको भन्दै उपभोक्ताले आलोचना गरिरहेका छन् । पछिल्लो समय भारतले रुससँग सस्तो मूल्यमा तेल किनेका कारण नेपालमा पठाउने तेलमा पनि भाउ घटाइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७