तनहुँ–१ मा खनाल र चितवन–२ मा न्यौपानेलाई उम्मेदवार बनाउने एमालेको निर्णय


१८ चैत्र २०७९, शनिबार
amale umerdwar upanirbachan

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चितवन निर्वाचन क्षेत्र नं. २ मा रामप्रसाद न्यौपाने र तनहुँ निर्वाचन क्षेत्र नं. १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने भएको छ । चितवन २ बाट एमाले जिल्ला कमिटी अध्यक्ष न्यौपानेको एकल नाम सिफारिस भएको थियो । उनी अनेरास्ववियुको राजनीतिमा स्थापित भएका जिल्लाका लोकप्रिय युवा नेता हुन् ।

amale

आज (शनिबार) पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले वैशाख १० गते हुने उपनिर्वाचनकाका लागि उम्मेदवार तय गरेको हो । बारा निर्वाचन क्षेत्र नं. २ मा भने आइतबार उम्मेदवार टुंगो लगाइने एमालेले जनाएको छ । बारा २ बाट जिल्ला कमिटीले पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री पुरुषोत्तम पौडेल, प्रदेश कमिटी सदस्य राजेश साह र बन्दना सिंहको नाम सिफारिस गरेको छ ।

तनहुँ १ मा उम्मेदवार बन्न लागेका खनालको नाममा शनिवार बिहानै जिल्लाबाट आएका नेताहरूले बालकोट पुगेर सहमति जनाएका थिए । नेपाल प्रहरीका पूर्व आइजिपी खनाल तनहुँ भानु नगरपालिकाका स्थायी बासिन्दा हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७