ट्याक्टर दुर्घटनामा बुबाको मृत्यु, छोरा घाइते


१८ चैत्र २०७९, शनिबार
accident 2

तनहुँ । तनहुँमा ट्याक्टर दुर्घटनामा परी बुबाको मृत्यु भएको छ । दुर्घटनामा अधिकारीका छोरासहित दुई जना घाइते भएका छन् ।

भानु नगरपालिका–२ भकुन्थोकस्थित डुम्रे बेंसीसहर सडक खण्ड जोड्ने भित्री सडकमा बा ०३–००१ त २२६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही ठाउँ बस्ने ४० वर्षीय ईश्वर अधिकारीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए । दुर्घटनामा मृतक अधिकारीका छोरा १७ वर्षीय समिर तथा ३९ वर्षीय दीपक नेपाली घाइते भएका छन् । दुवैको उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७