राजनीतिको सिण्डिकेट र भागवण्डा तोड्न नसके कसैको भविष्य सुरक्षित छैन : रमेश खरेल


१८ चैत्र २०७९, शनिबार
Ramesh Kharel Swarnim wagle rabi lamichhane
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी बारा क्षेत्र नम्बर–२ का उम्मेदवार रमेश खरेलले देशमा सिण्डिकेट र माफियातन्त्रको अन्त्य गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोजेको बताएका छन् । उनले अहिलेको राजनीतिक सिण्डिकेट र भागवण्डा तोड्न नसके कसैको पनि भविष्य सुरक्षित नरहेको बताएका छन् ।

रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा खरेलले देशमा सिण्डिकेट र माफियातन्त्र बढ्दै गएकाले यसको अन्त्यका लागि आफूले रास्वपा रोजेको बताएका छन् । खरेलले भने, ‘सुशासन कायम गर्न सामान्य दाजुभाइ–बहिनीलाई हौसला प्रदान गर्नुपर्ने छ । नेपाल आमालाई माया गर्ने मानिसहरू एक ठाउँमा उभिन आवश्यक छ ।’

उनले माफियातन्त्रको अन्त्य गरी कानुनी राज्य स्थापना अहिलेको आवश्यकता रहेको बताए । खरेलले भने, ‘नेपाल आमालाई जोगाउन आवश्यक छ । सिण्डिकेट, माफियातन्त्रको अन्त्यका लागि लडौं । यो देशलाई विदेशीको क्रिडास्थल नबनाऔं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७