भक्तपुर घरेलु उत्पादन मेला सुरु


१८ चैत्र २०७९, शनिबार
7 Shares
RG BHAKTAPUR2

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देशलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनको प्रयोगमा सबैले जोड दिनुपर्ने बताएका छन् ।

स्थानीय उत्पादनबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाद्वारा आजदेखि यहाँ आयोजित दुई दिने भक्तपुर घरेलु उत्पादन मेलाको उद्घाटन गर्दै उनले घरेलु उत्पादन तथा सामग्री खरिद गरेर स्वदेशी उत्पादनलाई बढावा दिनुपर्ने बताए । स्थानीय उत्पादनले पर्यटन विकासमा समेत सहयोग पुग्ने तथा स्वदेशी उत्पादनलाई निर्यातमुखी बनाउन सकेमात्रै अर्थतन्त्र बलियो हुने उनको भनाइ थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले घरेलु उद्योग देश विकासको आधार भएको उल्लेख गर्दै मेला लगायतका गतिविधिले पर्यटन प्रवद्र्धनका लागि मद्दत गर्ने, नयाँ नयाँ रोजगारीको सिर्जना हुने, आत्मनिर्भर बनाउने र देशको व्यापार घाटा कम गर्नसमेत टेवा पुग्ने बताए ।

कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोरा, वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले विभिन्न समयमा मेला तथा महोत्सवको आयोजना गर्दै स्थानीय उत्पादनलाई प्रोत्साहन दिएको बताए ।

jagdamba.cement
rbbbb

दुई दिनसम्म चल्ने उक्त मेलामा भक्तपुरका मौलिक उत्पादन, परम्परागत घरेलु उद्योगबाट उत्पादित वस्तु, काष्ठकला, धातुकला र प्रस्तरकला, हस्तकलाका सामग्री, नेवारी खाजा कक्ष र सांस्कृतिक प्रस्तुति रहेका छन् । भक्तपुर घरेलु तथा साना उद्योग सङ्घ र पर्यटन विकास समितिको सहआयोजनामा भएको उक्त मेलामा नगर प्रमुख प्रजापतिको नेतृत्वमा सांस्कृतिक र्‍याली निकालिएको थियो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७