राजनीति जेलनेल र संघर्ष वापतको भत्ता खाएर बस्ने होइन, डेलिभरी दिने हो : स्वर्णिम वाग्ले

‘मालदार मन्त्रालयका लागि १० औं करोडको डिल हुन्छ’


१८ चैत्र २०७९, शनिबार
swarnim wagle 1
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्बर–१ का उम्मेदवार अर्थविद डा. स्वर्णिम वाग्लेले जनताले डेलीभरी राजनीति चाहेको बताएका छन् । कांग्रेस छाडेर रास्वपा रोजेका वाग्लेले अब राजनीतिक योगदान र जेलनेल बसेको र संघर्ष गरेको आधारमा भत्ता खाने समय सकिएको भन्दै डेलिभरीको लागि प्याराडाइम सिफ्ट भएको बताए ।

उनले भने, ‘अब जेलनेलको भत्ता खाने होइन डेलिभरी दिने समय हो । अब पर्खेर बस्ने समय छैन र यो हाम्रो अभियान त्यसैको संकेत हो । नेपाललाई चाँडै बनाउन अब पर्खेर बस्ने अवस्था रहेन ।’ वाग्लेले लामो समय व्यवस्था परिवर्तनको संघर्षमा बितेको र अब अवस्था परिवर्तन आवश्यक रहेको बताए । वाग्लेले भने, ‘नेपालको दुई तिहाई जनसंख्या १५ देखि ५९ वर्ष समूहको छ । नेपालको आधा जनसंख्या २५ वर्षमुनिको छ । अहिले चाँडै नै विकासको गति रफ्तार गर्नु पर्नेछ ।’

नेपाललाई छिटो बनाउन राजनीतिक प्रतिबद्धताको खाँचो रहेको उनले बताएका छन् । उनले भने, ‘लगानीको माहोल बनाउनु अपरिहार्य छ । यो हाम्रो पुस्ताले गर्नुपर्नेछ । अहिलेको दुई वटा बाधक आर्थिक मन्दी र कुशासनमा ब्रेक थ्रु गर्नु पर्नेछ ।’

वाग्लेले राजनीतिमा पैसाको भूमिकामा पनि प्रहार गर्नुपर्ने बताए। पुराना दलमा टिकट किन्ने प्रवृत्तिको हाबी रहेको वाग्लेको भनाइ छ। वाग्लेले भने, ‘मालदार मन्त्रालय पाउन त दशौं करोडको डिलिङ हुन्छ भन्ने छ । पैसाको रोलले हाम्रो राजनीति विकृत बनिरहेको छ। परिवारवादलाई बन्द गर्नुपर्नेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७