रविको दावी : रास्वपा छिट्टै ठूलो र लोकतान्त्रिक पार्टीका रूपमा खडा हुनेछ

‘स्वर्णिम वाग्ले, रमेश खरेल र म तीनै जनाले उपचुनाव जित्छौं’


१८ चैत्र २०७९, शनिबार
rabi

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही व्यक्तिहरूले राजनीतिलाई आफ्नो परिवारको प्रगतिका रूपमा दुरुपयोग गरेको आरोप लगाएका छन् ।

रास्वापाले आज (शनिबार) आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले राजनीतिलाई सेवाका रूपमा विकास गर्न प्रणाली सुधार जरुरी रहेको बताए । लामिछानेले भने, ‘रास्वपा सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टीका रूपमा छिट्टै खडा हुनेछ । समाजमा निरासाको ठूलो बादल छाएको छ ।’

स्वर्णिम वाग्ले र रमेश खरेललाई हराउने परिकल्पना यो देशले नगर्ने उनले बताएका छन् । लामिछाने चितवन–२ बाट चुनावी प्रतिस्पर्धा गर्दैछन् । सभापति रवि लामिछानेले आफूहरुका तीनै जना उम्मेदवार आगामी उपनिर्वाचनमा विजयी हुने बताएका छन् ।

लामिछानेले आफूसहित बाँकी दुई जना उम्मेदवारहरु स्वर्णिम वाग्ले र रमेश खरेललाई दायाँ–बायाँ राखेर गरेको पत्रकार सम्मेलनमा भने, ‘स्वर्णिम वाग्ले र रमेश खरेल राजनीतिक रोटी सेक्न आउनु भएको होइन । उहाँहरुले कमाउनु पर्ने सबै कमाउनु भएको छ । समाजका लागि दिन आउनु भएको छ । समाजले हामीलाई गुन लगाएको छ त्यो गुन तिर्छु भनेर आउनु भएको छ । संसदमा गरिमामय उपस्थिति हाम्रो हुनेछ । तीनै भाइ विजय हुनेछौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७