आइपिएलमा मुम्बईसँग चेन्नईको ८ विकेटको हार


१६ बैशाख २०७५, आईतवार
MIvsRCB

 

एजेन्स, बैशाख १६: मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हात पार्ने क्रममा शनिबार शीर्षस्थानको चेन्नई सुपर किङ्सलाई ८ विकेटले हराएको छ । सातौं खेलमा चेन्नईको त्यो दोस्रो हार र मुम्बईको दोस्रो जित हो । जितपछि मुम्बई छैटौं स्थानमा उक्लेको छ ।MIvsRCB

१ सय ७० रनको लक्ष्य पछ्याएको मुम्बईका लागि माथिल्लो क्रमका ब्याट्म्यानले सामूहिक प्रदर्शन गरेपछि २ बलअघि नै २ विकेट गुमाएर आवश्यक रन जोडेका थियो । कप्तान रोहित शर्मा अर्धशतक बनाउँदै अविजित रहे । त्यस्तै ओपनर सूर्यकुमार यादवले ४४ र इभान लेविसले ४७ रन जोडे ।

हार्दिक पाण्डेया १३ रनमा अविजित रहे । ३३ बल खेलेका रोहितले ६ चौका र २ छक्काका साथ ५७ रन बनाए । लेविसले ४३ बलमा ३ चौका र २ छक्का प्रहार गरे । त्यस्तै सूर्यकुमारले ३४ बलमा ५ चौका र १ छक्का प्रहार गरे । चेन्नईका हरभजन सिंह र ड्वान ब्राभोले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले सुरेश रैनाको अविजित अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६९ रन बनाएको छ । रैनाले अविजित रहँदै ७५ रन बनाए । ४७ बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरे ।

रैना र ओपनर अम्बाटी रायडुले दोस्रो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए । रायडुले ४६ रन र कप्तान महेन्द्र सिंह धोनीले २६ रन जोडे । मिचेल म्याक्लिघनको बलमा इभिनभ लेविसबाट क्याच आउट हुनुअघि धोनीले २१ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

रायडुले ३५ बलमा ४ छक्का र २ चौका प्रहार गरे । अर्का ओपनर शेन वाट्सनले ११ बलमा १२ रन बटुले । मुम्बईका म्याक्लिघन र क्रुर्नाल पाण्डेयाले समान २ र हार्दिक पाण्डेयाले १ विकेट लिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७