उपनिर्वाचन : तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्लेको मनोनयन दर्ता


२० चैत्र २०७९, सोमबार
Rabi lamichhane and Swornim wagle

तनहुँ । आउँदो बैशाख १० मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थविद् डा. स्वर्णिम वाग्लेले मनोनयन दर्ता गराएका छन् ।

वाग्लेले आइतबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । गत मंसिरमा भएको निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको सो स्थानमा उपनिर्वाचनका हुन लागेको हो ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज मनोनयन दर्ताको समय तोकेको हो । नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट पूर्व आईजीपी सर्वेन्द्र खनालले मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७