तनहुँ–१ मा नौं उम्मेदवार (सूचीसहित)


२० चैत्र २०७९, सोमबार
Tanahu1680522667

तनहुँ । तनहुँ क्षेत्र नम्बर–१ नौं दलले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार बिहान १० बजेदेखि सुरु भएको मनोनयन दर्तामा साँझ ५ बजेसम्म नौं दलले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गर्नेमा नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, एमालेबाट सर्वेन्द्र खनाल, मंगोल नेशनल अर्गनाइजेसन प्रेमबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी समाजवादी गणेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी शोभा गुरुङ, नेपाली कांग्रेस गोविन्द्र भट्टराई, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले उम्मेदवार दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मनोनयन दर्ताको समय ५ बजेसम्म रहेको छ । गएको मंसिर ४ मा सम्पन्न निर्वाचनमा यो क्षेत्रबाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।
यी हुन् उमेदवार
१) रामप्रसाद प्रजापति – नेपाल मजदुर किसान पार्टी
२) पूर्णबहादुर राना – राष्ट्रिय जनमुक्ति पार्टी
३) सर्वेन्द्र खनाल – नेकपा (एमाले)
४) प्रेमबहादुर थापा – मंगोल नेसनल अर्गनाइजेसन
५) गणेश श्रेष्ठ – नेकपा (समाजवादी)
६) गोविन्द भट्टराई – नेपाली कांग्रेस
७) शोभा गुरुङ – राष्ट्रिय प्रजातन्त्र पार्टी
८) भीमबहादु सुनार – नागरिक उन्मुक्ति
९) स्वर्णिम वाग्ले – राष्ट्रिय स्वतन्त्र पार्टी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७