नाबालिकालाई फेसबुकमा साथी बनाई भेट्न बोलाएर सामुहिक बलात्कार


२१ चैत्र २०७९, मंगलवार
balatkar aparadhi

काठमाडौँ । काठमाडौँमा नाबालिकामाथि सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । टोखा नगरपालिका–३ को एक गेष्ट हाउसमा सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा २१ वर्षीय आशिष तामाङ भन्ने निमा तामाङ र २१ वर्षीय कुशल श्रेष्ठ रहेका छन् । तामाङले ९८४८७७८०२१ नम्बर प्रयोग गरेर आशिष तामाङ नाम राखी नक्कली फेसबुक आईडी खोलेर पीडितलाई साथी बनाएका थिए । फेसबुकमार्फत भेटघाटको समय मिलाएर गत फागुन ६ गते काठमाडौंको टोखामा भेटी कुशलसहितले ग्राण्डी अस्पताल नजिक रहेको गेष्ट हाउसमा लगेर सामुहिक बलात्कार गरेको प्रहरीले बताएको छ ।

पीडितले प्रहरीलाई जानकारी गराएपछि चैत २० गते काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धापासीबाट पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले बताए । उनकाअनुसार पक्राउ परेका दुवै जनालाई अन्य थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७