उपनिर्वाचनका उम्मेदवारहरुको आज नामावली प्रकाशन गरिँदै


२२ चैत्र २०७९, बुधबार
nirbachan aayog

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज (बुधबार) उम्मेदवारको नामावली प्रकाशित गरिँदै छ । आज निर्वाचन आयोगले अपराह्न ५ बजेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने छ । आजै साँझ ६ बजेभित्र उम्मेदवारको नामावली प्रकाशित आयोगले गर्दैछ ।

तनहुँ क्षेत्र नम्बर १,चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आयोगले मंगलबार उजुरी दर्ताको समय तोकेको थियो । सोही अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध तीन वटा दाबी विरोध र एउटा उजुरी परेको छ ।

रविमाथि उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले रविलाई स्पष्टीकरण सोधेको छ । बुधबार दिउँसो १ बजेभित्र स्पष्टीकरण पेस गर्न भनिएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले बताएका छन् ।

बिहीबार बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने तथा अपराह्न ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले निर्वाचन चिह्न पाउने छन् । आगामी वैशाख १० गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७